सुदूरपश्चिम प्रदेश: प्रतिनिधिसभा र प्रदेशसभामा यी हुन् नयाँ अनुहार

सुदूरपश्चिम । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको…