नेपालको कूल गार्हस्थ उत्पादन ७ दशमलव ५ प्रतिशतले वृद्धि

Globe Nepal
Globe Nepal 2017-08-21

काठमाण्डौं, भदौ ५ नेपालको कूल गार्हस्थ उत्पादन ७ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३-७४ को तथ्यांक सार्वजनिक गर्दे नेपाल राष्ट्र बैंकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । यो संँगै नेपालको कूल गार्हस्थ उत्पादन मूल्यमा २५ खर्व ९९ अर्व २३ करोड पुगेको छ । आर्थिक वर्ष २०७३ –७४मा औसत उपभोक्ता मुद्रास्फिति ४ दशमलव ५ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ९ दशमलव ९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा ३० दशमलव ४ प्रतिशतले वढी ९ खर्व १७ अर्व ६ करोड रुपैयाँ पुगेको छ । वस्तुको कूल आयात भने ९ खर्व ९० अर्व रुपैयाँ भएको थियो । योसँगै देशको शोधनान्तर घाटा समीक्षा अवधिमा १० अर्व १३ करोड रहेको तथ्यांक सार्वजनिक भएको छ । यसै गरी समीक्षा अवधिमा नेपालको अर्थतन्त्रलाई लाईफलाईन मानिएको विप्रेषणको आप्रवाह ६ खर्व ९५ अर्व रुपैयाँ भएको छ । यो रकम कूल गार्हस्थ उत्पादनको २६ दशमलव ७४ प्रतिशत वरावर हो । 
यसैगरी अमेरिकी डलरसँगको नेपाली मुद्रासँग ३ दशमलव ८ प्रतिशतले अधिमूल्यन भएको छ । यसले गर्दा अमेरिकी डलर २०७३ सालको असार मसान्तमा प्रति डलर १०६ रुपैयाँ ७३ पैसा रहेकोमा गत असार मसान्तमा १०२ रुपैयाँ ८६ पैसा पुगेको छ । यसैगरी सरकारले राजस्व संकलनमा राम्रो सफलता हासिल गरेको छ, सरकारले गत आर्थिक वर्षमा ५ खर्व ६५ अर्व ९० करोड लक्ष्य राखेकोमा असार मसान्त सम्म ६ खर्व ९ अर्व १७ करोड राजस्व संकलन गर्न सफल भएको छ , यो लक्ष्यको ७ दशमलव ७ प्रतिशतले वढी हो ।  
समीक्षा अवधिमा सरकारले खर्चको दरमा भने केही वृद्धि गरेको छ, नगदमा आधारित कूल खर्च ७ खर्व ९३ अर्व ९१ करोड पुगेको छ, यो अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ५ प्रतिशतले वढी हो । तर वजेट अनुमानको खर्च केवल ७५ दशमलव ७ प्रतिशत रहेको छ । सरकारको कूल वजेट घाटा १ खर्व २५ अर्व ६१ करोड रहेको थियो । 
यसैगरी नेपालमा कूल १४९ बैंक वित्तीय संस्था कायम भएका छन, जसमा २८ वाणिज्य बैंक ४० विकास बैंक ,२८ वित्त कम्पनी र ५३ वटा लघुवित्त वित्तीय संस्था रहेका छन् , यी वित्तीय सेवा प्रदायकहरुको कूल ५ हजार ६८ शाखा नेपाल भर छरिएर रहेका छन् । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com