स्वच्छ आत्मसमीक्षा

स्वच्छ आत्मसमीक्षा



निलाम्बर आचार्य

केही गर्न पर्दैन अरू
स्यच्छ आत्मसमीक्षा गरेको बेला
आफैले आफैलाई दिएको वचन
पूरा गरे पुग्छ।

मानिस स्वभावैले राम्रो हुन्छ
प्रदुषित दृष्टि
सोच, आचरण, बानीबेहोराले
त्यसलाई नबिगारे पुग्छ।

आफ्नो देखिने अनुहार मात्र हैन
सम्पूर्ण दिनचर्या
स्वच्छ सफा राख्न
सधैं सम्झिदिए पुग्छ।