एसईई पछि के गर्ने ?

एसईई पछि के गर्ने ?

तपाईं हाम्रो देश नेपाल बदल्ने सबैको आशा बन्नुपर्छ



राम्रो ग्रेड आए साइन्स नत्र म्यानेजम्यान्ट कि आर्ट्स भनिन्छ ।
अझै पनि हाम्रो समाजमा साइन्स पढ्नेहरूलाई ट्यालेन्टेट र अरु विषय पढ्नेलाई अलि कम महत्त्वको साथ हेर्ने गरिन्छ । हाम्रो समाजमा अहिले पनि यही प्रचलन छ तर म यो कुरामा पुर्ण रुपमा असहमति जनाउँछु । जुन विषय पढे पनि त्यसमा विज्ञ बन्नु चाहिँ ठूलो कुरा हो ।

त्यसो भए के पढ्ने त ?
हाम्रो समाजमा अब के पढ्ने र के गर्ने भन्ने विषयमा प्राय दिइने सुझाव हरु यस्ता छन्;

– कसैले तँलाई जे मन लाग्छ त्यही पढ् भन्नुहुन्छ ।
– कसैले तँ जे मा राम्रो छस् त्यही पढ् भन्नुहुन्छ ।
– कसैले पैसा के बाट धेरै कमाउन सकिन्छ त्यही पढ् भन्नुहुन्छ ।
– कसैले आज विश्वले जे खोजेको छ त्यही पढ् भन्नुहुन्छ ।

तर मलाई भने यी माथि दिइएका सुझावहरुमा केही कमि भएको महसुस हुन्छ ।
– पहिला आफ्नो पारिवारिक दायित्व र आर्थिक अवस्था जान्नुहोस् । यदि दुई चार बर्ष भित्रमा पारिवारिक दायित्व उठाउनै पर्ने छ भने र निम्न वा मध्यम स्तरको आर्थिक अवस्था छ भने बजारमा सजिलै जागिर पाइने प्राविधिक ,व्यवहारिक र सिपमूलक बिषय पढ्नुहोस् ।

– यदि राम्रै आर्थिक अवस्था छ र केही बर्ष पारिवारिक दायित्व लिनैपर्ने बाध्यता छैन भने पहिला आफूलाई र आफ्नो वातावरण बुझ्ने कोशिश गर्नुहोस् ।

– सरल भाषामा भन्दा जुन काम तपाइँ धेरै समयसम्म लगातार गर्न सक्नुहुन्छ जो अरु मान्छेले गर्दा पुरै थाकिसकेका हुन्छन् वा वाक्क मानिसकेका हुन्छन् ।

यदि अरु थाकिसकेको अवस्थामा पनि तपाइँ थाक्नुहुन्न
– यसरी अनवरत रुपमा गर्न सक्ने अवस्था भनेको तपाइँलाई त्यो कामले तानेको हुनुपर्छ वा तपाइँ त्यो काम गर्दा रमाइरहेको हुनुपर्छ ।
– एउटा सही लक्ष्य छ्नोट गर्दा आफुलाई के गर्न मन लाग्छ, के म त्यो लक्ष्यमा राम्रो गर्न सक्छु कि सक्दिन ,के त्यो लक्ष्यबाट मेरो जीवनस्तर राम्रो हुन्छ कि हुदैनन्, के मेरो लक्ष्य आज यो समाज अनि विश्वलाई चाहिएको हो कि हैन पहिला सबै यी प्रश्नहरुको उत्तर खोज्नुपर्छ । यदि सबै प्रश्नहरुको सकारात्मक उत्तर तपाईंको लागि जुन कुराले दिन्छ त्यही नै तपाईंको लक्ष्य बनाउनु पर्छ ।

अनि एउटा कुरा थाहा छ ?
तपाई पहिला पेन्सिल जस्तै हुनुहुन्थ्यो
– तपाईं कति मजाले लेख्नुहुन्थ्यो जीवनका कथा, काहानी अनि कविताहरु, तर कहिलेकाहीँ तपाईं असुद्व लेख्नुहुन्थाे । ती अशुद्वीलाई पेन्सिल मै टासिएको इरेजर भएर तपाईंको अभिभावकले मेटाइदिनु हुन्थ्यो ।

– अब तपाईंका असुद्व हटाउने बहानामा धेरै सार्पनरहरु आउनेछन् अनि छोटाउनेछन् तर तपाईं त्यहाँ छोटिनुभएको हैन तिखारिनु भएको हो !
– हुन त इरेजर हरु पनि कति निष्टुरी हुन्छन् केही पलमै हराएर जान्छन् ।
– त्यसैले अब तपाईं आफ्नो लागि आफैँ पेन्सिल मै टासिएको इरेजर बन्नुपर्नेछ ।

– अब तपाईंले गणितका फर्मुला र चित्रसँगै तपाईंको जीवनका लागि तपाईं आफ्नै फर्मुला र चित्र कोर्नुपर्छ ।
– नेपालीको शुद्ध गर्नेसँगै तपाईंको जिन्दगीका असल खराब बाटाहरु तपाई आँफैले चिन्नुपर्छ ।
– तपाईंलाई दुई सय केजीको फलामको लामो सिक्रीले बाँधे पनि हरेक मिलि सेकेन्ड घिस्रनुपर्छ; एउटामात्र आशमा कि मिलिमिटरबाट सेन्टिमिटर, मिटर अनि किलोमीटरसम्म पुगिन्छ भनेर ।
– तपाईं हाम्रो देश नेपाल बदल्ने सबैको आशा बन्नुपर्छ ।