नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। यस दिन नेप्से २.५७ अंक घटेर १९५६‍.३६ विन्दुमा बन्द भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२६ स्टकको १८ हजार ४७२ पटकको कारोबारमा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।