नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग राजनीतिक कुरा गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आउदै हुनुहुदो रहेछ । हामी (बाबा रामचन्द्र घिमिरे र म) पनि आचार्य निवासमा पुगेका थियौं । विश्वप्रकाश शर्मालाई गेटमा स्वागत गर्न बाबा र म पुग्यौं । बाबाले महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभामा विजय भएकोमा बधाई दिनु भयो । साथ–साथै मलाई मेरो छोरा भनेर परिचय गराई दिनु भयो ।
यसपछि मलाई महामन्त्री शर्माले तिम्रो नाम के हो ? भनेर सोध्नु भयो । मैले आफ्नो परिचय दिदै भने मेरो नाम शाश्वत घिमिरे हो । उहाँले थप प्रश्न गर्नुभयो ? तिम्रो नाम बाबाले राख्नु भएको हो ? हो भनी मैले उत्तर दिए । हामी यति कुरा गर्दै आउदा घर अगाडि आइपुग्यौं । नरहरि आचार्य र विश्वप्रकाश शर्मा बिच देखादेख भएपछि एकअर्कालाई अभिवादन गर्नुभयो ।
नरहरि आचार्यले प्रतिनिधिसभा सदस्यमा विजय भएकोमा बधाई दिनुभयो । केही समय नरहरि आचार्य र विश्वप्रकाश शर्माले गोप्य राजनीतिक कुरा कानी गर्नु भयो । त्यसपछि हामी सबै कोठामा बसेर विविध कुरा गर्दै थियौं । वरिष्ठ साहित्यकार शारदा शर्मा पनि हामी बसेकै कोठामा आइपुग्नु भयो । उहाँले विश्वप्रकाश शर्मालाई बधाई दिनुभयो । चिया पानी खाने प्रसङ्गमा महामन्त्री शर्माले चियापत्ति पनि नहालेको, दुधपनि नहालेको, चिनिपनि नहालेको चोखो पानी खाने भन्नु भयो । हामी सबैले मनतातो पानी खायौं ।
बिदाबादि भएर कोठाबाट बाहिर निस्केपछि मैले आफुले लेखेका दुई पुस्तक “सुन्दर नेपाल” र “होस्टल” महामन्त्री शर्मालाई दिए । उहाँले पुस्तक हेर्दै भन्नु भयो यो सुन्दर नेपाल पुस्तकमा के छ ? मैले भने मेरा केही कविता र अन्तरवार्ता छ भने उहाँले सर्रसर्रति हेर्नु भयो । त्यसपछि अर्को पुस्तक होस्टल पल्टाउदै भन्नु भयो यो फिक्सन बुक हो ? मैले हो भने । पहिला के होस्टलमा बसेर पढेको थियौंं ? उहाँले थप प्रश्न गर्नु भयो । मैले हो भने ।
केही बेर पुस्तक हेरेपछि महामन्त्री शर्माले भन्नु भयो, “यस्तो सानो उमेरमा नै दुईवटा पुस्तक लेख्नु भनेको उत्कृष्ट हो ।” उहाँले थप भन्नु भयो “लेख्न सक्ने मानिसले निरन्तर लेखिरहनु पर्छ र लेख सधै अमर रहन्छ ।” उहाँको यो बोली मेरालागि प्रेरणाको श्रोत बनेको छ ।
विश्वप्रकाश शर्मा सँग मेरो यो पहिलो औपचारिक भेट थियो । नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महामन्त्री शर्मा बहुआयामिक व्यक्तित्वका धनि हुनुहुन्छ । नेपाली कांग्रेसमा युवा अवस्थामा नै नेतृत्वतहमा पुगरे देशको विग्रदो अवस्थालाई सुर्धाछु भनेर लागि पर्नु भएको छ । उहाँ राजनीतिका साथसाथै साहित्य, कला, सांंगीतिक क्षेत्रमा पनि उत्तिकै अग्रसरताका साथ सक्रिय हुनुहुन्छ । महामन्त्री शर्मासँगको कुराकानीले मलाई सकारात्मक उर्जा मिलेको छ ।
देशको मूल मियो राजनीति भनिन्छ । राजनीति राम्रो भए देश राम्रो हुन्छ भनेर पढिन्छ । राजनीतिमा आदर्श, सिद्धान्त, नैतिकता मुख्य हुनुपर्छ । मानिसलाई राजनीतिले ठूलो हुने भन्दा असल हुने शिक्षा दिनुपर्छ । असल राजनेता जन्माउन सक्दा नै देशको समग्र विकास हुने हो । नेपालको इतिहास गर्वगर्न लायक पाउछौं । तर वर्तमान अवस्था जताततै निराशा युक्त छ ।
अहिलेको अवस्थाबाट मुक्त हुने चेतना शिक्षाबाट प्राप्त हुन्छ । हाम्रो शिक्षा के प्राप्तिको लागि भइराखेको छ ? हामीले कस्तो जनशक्ति उत्पादन गर्दै छौ ? यसको सदुपयो कसरी गरिन्छ ? अहिले के भइरहेको छ ? यि लगायत यस्तै मापदण्ड र मूल्याङ्कन गरेर तिनको पूर्तिका लागि नै सायद विविध विश्वविद्यालयहरु निर्माण भएका होलान् ।
समग्र विश्वविद्यालयहरुको क्यालेण्डर हेर्ने हो भने आफुले बनाएको क्यालेण्डर आफैले संचालन गर्न असमर्थ भइरहेका छन् । यसको दोष स्वभाविक रुपमा राजनीतिलाई जान्छ । राज्यले काम र जिम्मेवारी तोकेर दिएको जिम्मा किन पुरा हुन सक्दैन ? पुरा गर्ने दायित्वबाट किन विश्वविद्यालयहरु च्यूत भएका छन् ?
अहिले हाम्रो समग्र शैक्षिक अवस्था अस्तव्यस्त रहेको छ । परिक्षा दिएको २ वर्षसम्म पनि नतिजा नआउनु दुखको कुरा हो । तर यो हामी विद्यार्थीहरु यो बेहोरी रहेका छौं । शिक्षामा सुधार हुन नसकेसम्म धेरै कुराको सुधार सम्भव हुदैन । यस तर्फ नेपाली कांग्रेस पार्टी र महामन्त्री विश्वप्रकाश शर्माको ध्यान गम्भीर रुपमा पुग्नु पर्छ भन्ने मलाई लाग्छ ।
(लेखक : दुई पुस्तक(सुन्दर नेपाल कविता संग्रह र होस्टल उपन्यास)का लेखकका साथै व्याचलर अध्ययनरत छन्)
प्रतिक्रिया