सुरेश राईको पहिलो कवितासङ्ग्र ‘सम्झनाको फोटोकपी’ प्रकाशनमा आउने

सुरेश राईको पहिलो कवितासङ्ग्र ‘सम्झनाको फोटोकपी’ प्रकाशनमा आउने



काठमाडौं ।  साहित्यकार तथा लेखक सुरेश राईको पहिलो कवितासङ्ग्र ‘सम्झनाको फोटोकपी’ प्रकाशनमा आउने भएको छ । साहित्यपोस्ट (इ) दैनिकको माउ संस्था शब्द मिडिया प्रालिद्वारा राईको उक्त कृति प्रकाशनमा आउने भएको हो ।

‘सम्झनाको फोटोकपी’मा प्रेम, देशको राजनीतिक समस्या, जीवन दर्शन, परदेशको पीडा आदि विषय समेटिएका समसामयिक कविताहरू सङ्ग्रहित रहेको राईले बताएका छन् ।

खोटाङका राई विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । राइको यो पहिलो कविता संग्रह तथा पहिलो पुस्तक पनि हो । संग्रहमा यसै शीर्षकको एउटा कविता पनि छ ।

पुस्तक चैत पहिलो साताबाट बजारमा उपलब्ध हुने राईले जानकारी दिएका हुन् ।