सार्थक जीवन

सार्थक जीवन



पूर्विय दर्शन अनुसार सत्, चित् र आनन्दको (सच्चितानन्द) क्षण जिवनको महत्वपूर्ण क्षण हो । पुरुषार्थ (जीवात्माको जीवनको अन्तिम विन्दुको लक्ष वा प्रयोजन जुनपछि उसको अरु कुनै लक्ष वा गन्तव्य बाँकी रहँदैन) अर्को महत्वपूर्ण क्षण । यी क्षणहरूलाई जति दिगोपना दिन सकिन्छ त्यो समय फलिभूत हुन्छ । यसका लागि आधरभूत अवस्था श्रृजना त हुनु नै पर्दछ । सामान्य अर्थमा “जीवन” जन्म र मृत्यु बिचको समयावधि हो तर त्यो समय कसरी व्यतित हुन्छ त्यो अर्को पाटा हो । निश्चित समय समान्य जानकारी प्राप्तिका लागि बित्छ । त्यसपछि आफै निर्णय लिएर समय बिताउने र मृत्यको पर्खाइलाई जीवन भन्ने कि यसको मिठासपन वा सजिएको अवस्था वा अर्को अर्थमा कलात्मक जिवनलाई भन्ने हो ।

सहज अवस्था र रसमय अवस्था यस माथिका अवस्था हुन् । सत् अर्थात् “सत्य” को पहिचानका लागि निकै गाह्रो छ तर चित् अर्थात् “चेतना” को स्तर बढाउने र आनन्द लिने कामका लागि केही सहजता छ । यहाँ सत् र चित् को निरुपण गर्ने, बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने आधारलाई प्रथम बुँदामा दिइएको छ ।सानो साधनाबाट पारिवारिक जीवन व्यतित गर्ने क्रममै मानवीय मूल्य र मान्यतालाई हेका राखी जीवन सार्थक गर्ने उपाय वा कला पस्किइएको छ । यसका लागि कम्तिमा तपसिलका कृयाकलाप गर्न वा यी कला अपनाउन जरुरी हुन्छः

१. आफ्नो बोधको स्तर र प्रतिभाको अभिबृद्धि गर्दै पुरुषार्थ तर्फको गन्तव्य लिने । यसका सहजताका लागि प्रकृतिप्रधान बिचार लिने वा यथार्थपरक, तर्कसंगत र औचित्यपरक बनेर बिचार गर्नेे ।

२. प्राथमिकिकरणमाः निर्जन दुःखको भावलाई लक्ष्मण रेखा (बेस लाइन) का रुपमा लिई आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य समेतको स्वकल्याण पहिलो प्राथमिकता, सर्वजन हीत दोश्रो प्राथमिकता र सर्वजन खुसीलाई तेश्रो वा अन्तिमप्राथमिकतामा राख्ने ।

३. समयको अधिकतम सदुपयोग गर्ने, समयनिष्ठ वा समयपरायण हुने, आलस्य मुक्त रहने।

४. बहाना मूक्त रहने। काम सम्पादन गर्ने क्रमका आफ्नो नियन्त्रण बाहिरका बाहेकका हरेक कार्य समयमै सम्पादन हुनसक्नेलाई सम्पादन गरिहाल्ने । पछिको लागि काम नसाँच्ने ।

५. सर्वोत्तम निर्णय गर्ने जसका लागि सर्वाेत्तम विकल्पको खोजी गर्ने । यसका लागि विभिन्न विकल्पहरू संकलन गरी प्राथमिकिकरण गर्ने । प्राथमिकिकरण गर्दा आवश्यकता, उद्येश्य, विषयवस्तु र त्यसलाई प्रभाव पार्ने तत्वहरू र सम्भावनाको सुक्ष्म विश्लेषण गरी सुची तयार गर्ने । सुचीको पहिलो अंकलाई पहिलो प्राथमिकता दिई निर्णय गर्ने । निर्णय गर्ने आधार कमजोर भई अनिर्णयमा पुग्ने अवस्थामा होसमा रही आफ्नो ब्रह्मले निर्णय गर्ने, भावनाको होस् या अन्यको आवेगमा र शंकाको अवस्थामा कुनै निर्णय नगर्ने ।

६. कार्यका थालनीमा हरसम्भव आफै पहल गर्ने । अरुको पहलमा काम सम्पन्न गर्न अपवाद बाहेक निकै जटिल र समय, बुद्धि र पैसा बढी खर्चहुने तथ्यको हृदयङ्गम गर्ने ।

७. स्वनिर्भर रहने । यसका लागि स्वाबलम्बनका हरेक उपाय अपनाउने ।आय आर्जनको लागि पहिला आफ्नो क्षमता अभिवृद्धि गर्ने । यसका लागि औपचारिक तथा स्वाध्यायन, तालिम, भ्रमण, सुचना तथा सामान्यज्ञानमा अद्यावधिक हुने । लगानी गरी गर्ने व्यवसायका लागि आफ्नो बर्कत र औकात हेरी माथि नं. ५ बुँदा अनुसार प्राथमिकिकरण गरी निर्णय लिने । हरेकसँग निश्चित दुरी कायम राख्ने । हरेक बस्तु र मान्छे जति उपयोगी छ त्यत्तिकै खतरा पनि हुन्छ । उसको समुचित उपयोगबाट मात्र सफलता र स्वाबलम्बन हासिल गर्न सकिन्छ । यसो गर्दा राजश्व हिनामिना नहुने, आफ्नो व्यवसायमा संलग्न श्रमिक लगायतकाश्रमको यथोचित मुल्य दिनुपर्दछ र व्यापार गरेको भए उचित तथा बैध लाभको आधारमा मुल्यमा सामान बेच्नुपर्दछ । यसो गर्दा नाफा वा तत्कालिक कमाई कम हुन त सक्छ तर देश र जनतालाई ठग्नुपर्दैन अर्थात् यसबाट राज्यधर्मपुरा हुनेपेशागत धर्म हुनुुका साथै आफूलाई आनन्द पनि मिल्छ । दिर्घकालिन व्यवसायका लागि यो प्रभावकारी हुन्छ । पेशाको मर्यादा बढ्छ, यो उसको धर्म र निष्ठा बढाउने कडी दुबै हो ।

८. अरुबाट आसा रहित हुने । यसका लागि माथिका १, ६ र ७ न.का उपाय अवलम्बन र सादा जिवन जिउने प्रयास र अभ्यास गर्ने गर्नाले सजिलो हुन्छ ।

९. सकभर प्रिय र मधूरबाणीेको चयन गर्ने अन्यथा कुटिलता अपनाउने,क्रोध प्रति सजग रही बोल्ने ।यसका लागि आवश्यक साधना गर्ने र अभ्यासमा ल्याउने । कम बोल्ने अर्थात् अधिक नबोल्ने । मैत्री भाव राख्ने, अरुको कुरामा ध्यान नदिई नबोल्ने । अरुका कुरा समयले दिएसम्म सुन्ने, आवश्यकता अनुसार सुनेका कुराको सम्बोधन गर्ने ।

१०. सद्चरित्रमा रहनेएवं निष्ठापुर्वक कार्य गर्ने र यिनीहरूलाई सतर्कताकासाथ कायम राखिराख्ने । आफ्नो दायित्व बहन गर्ने, शीलवान रहने ।

११. हरसम्भव सत्य तथा यथार्थताको बाटो अवलम्बन गर्ने । यसको खोजिको बाटो प्रमाणपरकता र तथ्यपरकता हुन्, यिनीहरूको अन्य अवस्थामा प्रमाण र तथ्यका आधारमा बोल्ने तथा निर्णय लिने ।अधिक भावना र अधिक चाहना हानीकारक हुन् यिनीहरूबाट बच्ने ।

१२. खास प्रभावकारी र आफ्नो रुची तथा रसायनसंग मिल्ने आदर्श जिवनसंग मेल खाने कामका लागि संकल्प गर्ने वा उद्येश्य लिने र उसको पुर्ति र पालना गर्ने । पालना गर्न नसकिएको अवस्थामा प्रायश्चित गर्ने रसंकल्पको पूर्णता दिने । संकल्प पूर्णकालिक, दिर्घकालिक र अल्पकालिक योजना बनाई लागु गर्ने । यी योजनाहरू संकल्पका पूरक हुनेछन् र यसको पुर्णता दिनका लागि सहयोगसिद्ध हुनेछन् ।

१३. आफ्ना हरेक कृयाकलापलाई सिमा भित्र राख्ने अर्थात् आफ्नो सिमा भित्र रहेर कार्य गर्ने, बोल्ने तथा निर्णय गर्ने । बोल्दा दायित्वबोध, जिम्मेवारी तथा कर्तव्यबोध, जवाफदेहीता, नैतिकता, सहस्तित्व, अहिंसा (काटमार भन्दा बाणी र व्यवहारिक पक्षका कृयाकलाप बढी घातक हुन सक्छन्) मा

१४.श्रृष्टिकर्ता तथा प्रकृतिको नीयम स्वीकार गर्ने, प्रकृतिसंग घुलनशीलहुने, यसबाट प्राप्त उपहारमा प्रसन्न रहने र आनन्दित जिवन जिउने । खुसी क्षणिक हुन्छ आनन्द सदाबहार हुन्छ । क्षणिक खुसी खोज्दा दुःख पनिआइलाग्छ अर्थात् सुख र दुःख सिक्काका दुई पाटा हुन् ।त्यसैले सदाबहार आनन्दको साथमा रहने ।

१५. हरेक कुराको संभावना हुन्छ । कुनै पनि सम्भावित घटनालाई जहिले घटे पनि त्यसको सामना गर्न तत्पर रहने । श्रजकले हामीलाई भविष्यमा हुने कुरा विशेष अध्ययन विना जान्ने अवसर दिएको छैन । यसको हृदयङ्गम गरी समस्याबाट नभागी समाधान गर्ने वा सामना गर्नतर्फ लाग्ने ।

१६.आस्था जेमा छ उसको उसको देनको कदर गर्दै उसको भक्तिभावमा डुब्ने र आस्था छैन अर्थात् विज्ञानमा मात्र आस्था राख्नेलेभौतिक जगतको भरपुर सदुपयोग गर्ने अर्थात् उच्च मनोबलका साथ कर्म गर्ने । प्रकृतिकासबै नीयम हामीले जानेका छैनौं नै यसको कारण हामीले अनुभुत गर्ने असफलता त्यसकै कारण हुन् भनी अध्ययन गर्ने । सम्पादन गर्ने मन तथा योजना भए थप अध्ययन गर्ने र कमि कमजोरी हटाउँदै जाने (Applying the Hit and Trial Method) । अन्यथा चिन्ता मान्नुपर्ने कारण नभएको कुरा स्वीकार गरी आनन्द प्राप्त गर्ने ।

१७. श्रृजनाका हरेक वस्तुको आफ्नो अस्तित्व छ र उनीहरुको हामीप्रति कुनै न कुनै प्रकारको देन छ । यसप्रति जसको जस्तो देन छ उसलाई जस दिने, उसप्रति कृतज्ञ रहने एवं आभार प्रकट गर्ने ।

१८. कल्याणकारीताको भावनाले सुख दुख दुबै दिन्छ तर प्रगतिका लागि दुख गरे जस्तै यसको परिणाम अरुको उत्थान, हित र आफ्नो आनन्द प्राप्ती हो । जिवन पारस्पिरिक संबन्धमा अडेको हुन्छ अर्थात् यो (Theory of Relativity) तथ्यसँग संबद्ध छ,यो मानवलगायत हरेकको अस्तित्वमा लागु हुन्छ। त्यसैले यसको प्रभावकारी तरीकाले प्रयोग गर्दा जोसुकै र जेसुकैलाई सहयोग गरी उत्थान रहितगर्न सकिन्छ । यसलाई नै कल्याण भनिन्छ जो अगाडि भनेझैं यो आनन्दको श्रोत पनि हो । यो बाहेक कालान्तरमा धर्मको र पुनर्जिवनको विश्वास गर्नेहरूका लागि मिश्रित व्याज सहितको साँवाको कुल हो । त्यसैले यो नदेखिने गरी संचित गरिएको सम्पत्ति हो ।

१९. क्षमाशील रहने । श्रृष्टिकर्ताको खास खास नीयम छन् जुन विशेष अध्ययनबाट थाहा पाउन सकिन्छ । यो हालको विज्ञानको परिभाषमा सिमित गर्न सकिँदैन । प्रकृतिमा मात्र सिमित छैन, पुरुषमा पनि लागु हुन्छ । चेतनाकै अध्ययन हुन सकेको छैन र मानिसको मृत्यु पश्चात् चेतना कहाँ जान्छ चिकित्सा विज्ञानले पनि पत्ता लगाएको छैन तर त्यसको गन्तव्यस्थान पनि छ र यो त्यहीँ जान्छ जहाँ श्रृष्टिकर्ताले तोकेको छ । यसलाई पनि अवलोकन (Observe) गर्न सकिने गरी प्रमाणित गर्न सकिन्छ त्यसैले यसको विज्ञतालाई विज्ञान भनिन्छ । अर्थात् उ मात्र निपुण, यथातथ्य एवं पुर्ण छ । मानव प्रारब्धबाट (By birth and genetically) प्राप्त खास खास गुणबाट आर्जन गर्ने ज्ञान, सिप, कला आदि बाहेक परेर, गरेर, अध्ययन गरेर र साधनारत रहेर मात्र सिक्दछ। धेरै कुरा कोशिस गर्ने परिक्षण र भुल सुधार गर्ने (Trial and error) पद्धतिबाट सिक्दछ । अर्थात् यहाँ भुल हुने कुरा सिद्धको रुपमा नै मानिएको छ । त्यसैले त्यस्ता भुल क्षमायोग्य नै रहन्छन्जुन असल नियतबाट गरिएका कार्यबाट हुने भुल हुन् । त्यस बाहेक नियतबस गरिएका भुल वा गल्तिलाई क्षमा दिँदा पनि उ सुध्रन सक्ने र पुनर्जिवन पाउने हुन्छन् । यस अवधारणालाई रणनीतिक रुपमा पनि प्रयोग गर्ने बाहेकमा क्षमा दान पनि जिवनदानको रुपमा दिन क्षमाशीलताको आवश्यकता पर्दछ । यसबाट आफुलाई आनन्द मिल्दछ र अर्कालेनैतिक र भौतिक रुपमाजिवन सुधार्ने अवसर पाउँदछ र उसको कल्याण पनि हुन्छ । यसरी पनि एक हदसम्म जिवनलाई अर्थपूर्ण तथा कलामय बनाउन सकिन्छ ।

२०. साक्षी भाव अवलम्बन गर्ने ।

२१. तटस्थ दृष्टिकोणबाट हेर्ने, मुल्याङ्कन गर्ने र न्यायको कार्य सम्पादन गर्ने क्रममा न्याय हुने अवस्थामा बाहेक कसैको पक्षपोषण गर्दा न्यायमा दुर्घटना हुने देखिएमा र मन दुख्ने भएमा तटस्थता अपनाउने ।अर्थात् घटना त घट्छन् तर दुर्घटना हुन नदिनु यसको मर्म हो ।

२२. हरक्षण होसपूर्ण रहने । होसमा गरिएका कार्य ध्यानपुर्वक, दत्त चित्त भएर के, किन, कसरी र कहिले संपादन हुने हो थाहा पाउने गरी गरिन्छन् । गुणस्तरिय रुपमा निर्धारित समयमा कम लागतमा प्रभावकारी काम र सन्तुष्टिको बुटी हो होस । सन्तुष्टि सुखको कारक हो । यसमा आनन्द पनि अथाह मात्रामा थपिन्छ । त्यसैले यो प्रभावकारी कार्य सम्पादन, सुख, खुसी र आनन्द लगायतको मूल श्रोत हो ।यसको अनुपस्थितिमा अरु अधुरा, अपुर्ण रहन्छन् भने बेहोसमा गरिएका कार्यहरूदुघटनाजन्य हुन्छन् ।

२३. चित्तशुद्धि र शरीरशुद्धि गर्ने । चित्तशुद्धि र चित्तशान्तिबाट अन्तःकरणको मलीनता हट्छ र अन्तःकरणको मलीनता हटेअनुरुप दुःख हट्दै जान्छ । यसका लागि चित्तका वृत्तिहरूको निरोध गर्ने र अन्तःकरणको मलिनता हटाउनुपर्ने हुन्छ । यसका लागि आवश्यक योग तथा साधना गर्ने । यसबाट शारीरिक तथा मानसिक स्वास्थ्य ठीक हुने र माथिका सबै कार्य सिद्धिमा सहयोग पुग्ने, अरुलाई तनाव हुने वा चित्त दुख्ने बाणी व्यवहार कम हुन्छ । आफूलाई भरपुर आनन्द मिल्छ । धर्ममा आस्था राख्नेका लागि यो नगरी नहुने कार्य हो । यो विना धर्म गर्न नै सकिँदैन ।
मिति २०७९-२-५

स्वाबलम्बनः सापेक्ष जीवनमा निरपेक्षताको खोजी

https://globenepal.com/2022/05/19705