बाल्टिमोर । नेपाली जनसम्पर्क समिति,अमेरिकाको मेरिल्याण्ड च्याप्टरले बाल्टिमोरमा आगामी ३१ जुलाई आइतवार गृष्मकालीन वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । समितिले दिएको जानकारी अनुसार,समितिका सदस्य र शुभेच्छुकहरुका बीच आपसी भाईचारा अभिवृद्धि गर्ने उद्देश्यसहित यस्तो वनभोज गर्न लागिएको हो। च्याप्टर समितिका सभापति राजेन्द्र सेन्चुरीका अनुसार, वनभोजमा सहभागिताका लागि समितिले आफ्ना सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गरेको छ।…