काठमाडौं । बिहीबारदेखि नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको बारेमा स्मरण गरेका छन् । नेपाल भ्रमणमै रहेका बेला काठमाडौंस्थित अमेरिकी दूतावासले उनको जीवनसँग सम्बन्धित एउटा भिडियो सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी दूतावासले सार्वजनिक गरेको भिडिओ सन्देशमा सहायकमन्त्री लुले आफ्नो प्रेमिकासँग १९९३ मा भारतको दार्जीलिङ हुँदै…