भर्जिनिया । अमेरिकामा ४ जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मनासस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ…