अमेरिकाले तोक्यो दक्षिणपूर्वी एशियाली सौर्य प्यानलहरूमा ३ हजार ५२१ प्रतिशतसम्मको भन्सार शुल्क

काठमाडौं । अमेरिकी वाणिज्य विभागले चार दक्षिण पूर्वी एशियाली देशहरूबाट आयात हुने सौर्य प्यानलहरूमा ३ हजार ५२१ प्रतिशतसम्मको भन्सार शुल्क लगाउने योजनाको घोषणा गरेको छ । एक वर्षअघि शुरू भएको अनुसन्धानपछि यो योजना आएको हो । धेरै प्रमुख सौर्य उपकरण उत्पादकहरूले तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनलाई आफ्नो अमेरिकी सञ्चालनको सुरक्षा गर्न आग्रह गरेका थिए ।…