एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि जितेको छ । कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२,…