साउदीको अमेरिकी दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चलेको छ । घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन । एजेन्सीका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो । बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ…