काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले स्वदेश फर्किन समस्या भोगिरहेका नेपाली नागरिकलाई आफ्नो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले सूचना निकालेर विशेषगरी पर्यटक भिसा, ट्रान्जिटमा रहेका, भिसा अवधि सकिएका वा तत्काल नेपाल फर्किन चाहने नेपाली नागरिकलाई अनलाइन फारम वा उपलब्ध क्यूआर कोडमार्फत विवरण पेस गर्न भनेको छ…