पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयले अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व…