काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–०२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अनौपचारिक उम्मेदवारी घोषणासँगै बासिदको चर्चा विश्वव्यापी रुपमा फैलिएको छ । एनआरएनएमा युवाको बृहत् सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा…