नेपाली जनसम्पर्क समिति,बेल्जियमको सभापतिमा सुवास गुरुङ चयन भएका छन्। गुरुङले समितिको अर्को अधिवेशन सम्पन्न नहोउञ्जेलसम्मका लागि सोमवारबाट आफ्नो कार्यकाल सुरु गरेका छन्। दुई वर्ष पहिले सन् २०२१ को अक्टुबर २९ तारिख सम्पन्न समितिको पाँचौं अधिवेशनमा सभापतिका प्रत्यासीहरुका बीच कार्यकाल बाँडफाँड गर्ने सहमति भए अनुसार पहिलो दुई वर्ष पूर्ण तिमिल्सिनाले समितिको सभापतिको जिम्मेवारी बहन गरेका थिए।…