सबै एनआरएनएलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ: डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सबै गैरआवासीय नेपालीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा शर्माले मध्यपूर्वमा मात्रै नभई यूरोपका विभिन्न देशमा श्रम स्वीकृतिबिनै…