गैरआवासीय नेपाली संघका माग सम्बोधनमा राष्ट्रपति पौडेलले सकारात्मक पहल गर्ने

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसंग गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको गैरआवासीय नेपालीहरुको प्रतिनिधि मण्डलसंग भेटघाट सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे…