इजरायलबाट विद्यार्थीको गुहार : हामीलाई पनि क्रुरतापूर्वक मार्‍यो भने…

काठमाडौं । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् । उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् । भिडियोमा विद्यार्थी विपिन सुवेदीले भनेका छन्, “मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ…