एनआरएन उपाध्यक्षमा जेदु पोखरेलको उम्मेदवारी घोषणा

बाल्टिमोर,अमेरिका। गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषदको आगामी नेतृत्वका लागि अमेरिकाबाट जेदु पोखरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अक्टोबर दोश्रो साता एनआरएनको ११ औं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदैछ, जसबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। 'एनआरएनको खस्कँदो साखलाई जोगाउँदै सबैले सबैलाई अपनत्व ठान्ने एनआरएन बनाउनु हाम्रो चुनौती छ,त्यही चुनौती समाधान गर्न…