साहित्यकार प्रकट पगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले जानकारी दिएका छन । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत सुरु गरीएको…