नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्न लागेको हो । आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए…