संसदमा बजेटमाथिको छलफल वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिदै केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् । उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने- 'अर्थमन्त्रीज्युले…