काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । समसामयिक राजनीतिका साथै मधेश सरकारबारे आवश्यक निर्णय लिन बैठक बसेको एक पदाधिकारीले जानकारी दिए । मधेशमा अहिलेका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । जसपाका यादव सरकारलाई दिएको समर्थन माओवादी केन्द्र र नेकपा एमालेले फिर्ता लिएका छन् । उनी बहुमत जुटाउन सक्रिय…