कांग्रेस संस्थापनइतरले सञ्चालनमा ल्यायो सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहले पार्टीगत गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ । अनामनगरमा खोलिएको उक्त कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग नजिक मानिने नेताहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको हो । कार्यालय स्थापनामा गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको…