कांग्रेसको आन्तरिक कलह यथावत्

ललितपुर । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबिच आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ । पुसका लागि तय भएको १५ औँ महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य जारी रहँदा संस्थापन पक्षसँग इतर पक्ष सशङ्कित र आक्रामक देखिएको हो । सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित…