संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै, बैठक निष्कर्षविहीन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेकाे छ । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग कायम राखेकाे हो । छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले…