विप्लवले भने- ‘एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् । सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा सम्बोधन गर्दै विप्लवले भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’ अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनको भनाई छ…