एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार

काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ…