एमसीसीबारे दलहरुबीच विवाद, सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं । एमसिसी सम्झौता संसदबाट पारित गर्ने सम्बन्धमा सत्ता गठबन्धनका दलहरुबीच मै विवाद भएपछि आज (आइतबार)को सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले ठाडै अस्वीकार गरेका थिए…