काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व…