अब तीनै तहकाे निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनुपर्छः डा. महत

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी तीनै तहकाे निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । शनिवार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले सो कुरा बताएका हुन् । उनले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ…