चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औँ दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको सफल उद्धार हुनुले सिङ्गो देशलाई नै नयाँ आशा दिएको बताएका छन्। शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली अझै पनि निरन्तर र डटेर लागिपरेको सन्देश यस घटनाले दिएको उल्लेख गरेका छन्। नुवाकोटको विदुर-१०, बेत्रावतीमा सशस्त्र…