काठमाडौँ। नेपाली काँग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका छन्। कोइराला स्वयं भने अधिवेशन प्रक्रियामा तटस्थ रहने भए पनि उनीनिकट नेता-कार्यकर्ताहरूले व्यक्तिगत निर्णयका आधारमा अधिवेशनमा सहभागिता जनाउने तयारी गरेका हुन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइरालानिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु…