राष्ट्रपतिद्वारा महासचिव गौतमकाे राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मंसिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए ।…