अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन्। हिजो शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। अर्का दाबेदार सालिकराम पुडासैनीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बुढाथोकी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्। उम्मेदवारी फिर्ता लिएका पुडासैनी बहालवाला अध्यक्ष थिए। शनिबार…