काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ। जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएको छ। त्यस्तै…