डर नमानी काम गर्न गभर्नर पौडेललाई प्रधानमन्त्री बालेनकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबारसाँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ । भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताइएकाे छ । भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका…