कांग्रेस–एमाले गठबन्धन बन्न लागेको हो ?

संसदमा सत्तारुढ दल खुम्चिदै जानु र दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने हल्ला एक साथ चल्नुलाई राजनीतिक समीकरण परिवर्तनको संकेत हो कि भनेर चासोको रुपमा हेरिएको छ । राजनीतिमा सबै सम्भावना खुल्ला रहन्छन् । यसअघि दुई पटक संसदमा दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन बनाएर सरकार सञ्चालन गरेको नजिर छ…