चितवन । नेपाली कांग्रेस चितवनले १११ औँ बीपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित ६ जनालाई विशिष्ट सम्मान गर्न लागिएको हो…