काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन् । नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिए ।…