काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । यस प्रकरणमा जोडिएकाहरू धमाधम पक्राउ परिरहेका बेला थापाले सामाजिक सञ्जाजमार्फत यस्तो धारणा राखेका हुन् । उनले ‘यो घटना होइन प्रवृत्ति हो ।’ भनेका छन् । पूर्व गृहमन्त्रीहरु, गृह सचिव, अख्तियार प्रमुखलगायत प्रहरीको अनुसन्धानको दायरमा…