काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सहमति गरी अघि बढ्ने निर्णय गरेको छ। शनिबार (आज) पेरिस डाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । दुई महिनाभित्र राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव हुन्छ। त्यसमा सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जाने गरी कुरामा बैठक टुङ्गिएको…