काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) अपारदर्शी ढङ्गले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् । आइतबार काठमाडौँमा भएको पार्टीको केन्द्रीय कमिटी प्रथम पूर्ण बैठकलाई…