युवाले गुनासो गर्ने होइन समस्याको समाधान खोज्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले युवा वर्ग निन्दक नभई आलोचक बन्नुपर्ने समेत बताए । युवा थाहै नपाई निन्दक बन्ने गरेको भन्दै उनले निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुने उल्लेख गरे ।…