भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीद्वारा बल प्रयोग

काठमाडौं । भ्रष्टाचारीलाई जोगाउने गरी कानून बनाउन लागिएको विरोधमा बृहत नागरिक आन्दोलनले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादसहितको प्रावधान राखेर कानून संशोधन गर्न लागिएको विरोधमा आन्दोलनले शनिबार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न रोकेपछि दुई पक्षबीच…