काठमाडौं । नेपाली कांग्रेसले २०४८ सालयताका सबै उच्चपदस्थ, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने प्रतिज्ञा गरेको छ । बिहीबार चुनावी प्रतिज्ञापत्र जारी गर्दै कांग्रेसले यस्तो उल्लेख गरेको हो । २०४८ सालपछि सार्वजनिक जीवनका उच्च तहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय अधिकारसम्पन्न छानबिन आयोग गठन गर्ने पनि कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा उल्लेख गरेको…