काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् । पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो । उक्त प्रस्तावमा सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् । उनीहरूले आफूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति जनाएका छन् ।…